August 30, 2014

तीज, ॠषिपञ्चमी पर्व भ्रम र अन्धबिश्वास

[यदि साच्चै रजस्वला भएको महिला बिटुलो हुने हो भने त्यहि महिलाको रजबाट बनेको शरीर धारण गर्ने तमाम पुरुषहरु  कसरी चोखो भएकाछन त ? यो पनि मनन गर्नुपर्छ । के रजस्वला हुदाँको रगत र गर्भ धारण गरिसकेपछि बन्ने भ्रुण त्यहि रगत होइन र समाजद्वारा हामी तमाम हिन्दु नारीलाई धर्मको बन्धनमा बिभिन्न पापको डर त्रास देखाएर कमज़ोर बनाइराखिएको छ ।]


 - विद्या श्रेष्ठ
रेक बर्ष भाद्र शुल्क तृतियाको दिन बिबाह गरेका महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना र बिबाह नगरेका महिलाहरुले भगवान महादे जस्तो वर पाउनको लागि पानी पनि नपिएर निराहार भोकै बस्नुपर्ने कठिन   तीजको  व्रत बस्ने गर्दछन । यस वर्ष पनि त्यसै गरे ।यसरी व्रत बस्दा उनिहरुको कामना पुरा हुने भन्ने कुनै बैज्ञानिक आधार छैन   

परम्परागत रुपमा हेर्ने हो भने बिबाह गरेर गएका छोरीचेलीले बर्षौसम्म आफ्नो माइत जान नपाउने हुनाले बर्षमा एकदिन तीजको मौका पारेर आफ्नो माइत जान पाउने उमंग देखिन्छ भने त्यहि एकदिन पनि तीजको नाममा उही पतिको लामो आयुकोलागि भोकै बस्नुपर्ने रे ! के यो अन्याय र भेदभाब होइन ? यदि महिलाले व्रत बसेर आफ्नो पतिको आयु लामो हुने भए संसारमा हिन्दु धर्म मान्ने र यो व्रत बसेकाहरुको  पतिको आयु लामो हुनुपर्ने हो तर यसको कुनै आधार छैन र कुनै ठोस प्रमाण पनि भेटिएको छैन आयु लामो भएको । यदि समानताको कुरा गर्ने हो भने यो तीज, महिलाकोलागि मात्र भनेर छुट्याउनु नै भेदभाब पूर्ण छ। अहिलेको तीज मनाउने तरीक़ाले झन समाजमा बिकृति र बिसंगति बाहेक कुनै प्रगतिशील काम भएको पाइन्न ।

हुन त आस्था र विश्वाशको कुरामा कसैले मान्नै नहुने भन्ने होइन तर जुन तरीक़ा र भ्रमले संस्कार चलिरहेकोछ त्यसलाई परिबर्तन गरेर लानुपर्ने देखिन्छ । यो तीज व्रत छोरीचेलीलाई माइत जानपाउने खुशी, साथीभाइसंगको भेटघाटको रुपमा यसलाई बदल्नुपर्ने देखिन्छ नकि यसले बिभिन्न महंगो, रवाफिलो बनाएर समाजमा बिकृति फैलाउने काम हुनुपर्छ । न त पतिको लामो आयु र राम्रो वर पाउने भ्रममा मनाउनु नै उचित हुनेछ ।तीज पर्वको उद्देश्यलाई अब अर्कै ब्याख्या गर्नुपर्नै देखिन्छ जसले  महिला र पुरुषमा भेदभाब नहोस ; पुरुष महिलाको भगवान हुन भन्ने भ्रमबाट पनि समाजलाई मुक्त गर्न सकियोस ।

तीजको तेस्रो दिन भाद्र शुक्ल पन्चमीको तिथिमा महिलाहरुले सप्तॠषिको बिशेष पूजा गरी तीज व्रत समापन गरिन्छ। बिशेष गरी यो पूजा रजस्वला सुरु भइसकेका महिलाहरुले बर्षदिनभरिमा रजस्वला  अवधिमा अन्जानमा छोइछुतो भएको अवस्थामा हुन जाने पापलाई यो द्वारा पखालिन्छ वा पबित्र हुन्छ भन्ने बिश्वास गरिन्छ ।

यहि परम्परागत रुपमा चलिआएको धर्म अनुसार कुनै पनि महिला रजस्वला भएको अवस्थालाई छुन नहुने भनेर अधिकाशं गाउघरमा छाउपडीको ब्यबस्था गरी छुट्टै गोठमा वा छाप्रोमा बस्नुपर्ने बाध्यता एकातिर छदैछ। यदि सरसफाइ र महिलाको शारीरिक अवस्थालाई ध्यान दिने हो भने रजस्वला भएको अवस्थामा कमज़ोर हुने हुदाँ आराम गर्न दिनुपर्छ र शरीरमा भएको दुषित रंगतको निष्कासन हुने हुदाँ सरसफाइको चेतना अवस्य हुनुपर्छ । तर, यहि कारण महिला अछुत वा कुनै ठाउँमा छोइएमा पाप लाग्छ वा त्यो छोइएको चिजबिज बिटुलो हुन्छ भन्ने कुरामा कुनै बैज्ञानिक आधार छैन ।

हामी महिला जातिले यस्ता आडम्बर, भ्रमले भरिएको परम्परा, रितलाई पछ्याइरहँदा झनझन कमज़ोर हुनेछौ । अझै कालान्तरसम्म यसकोलागि आफैबाट चेतना जगाएर बिद्रोह गर्नु आवश्यक छ । र, हरेक धर्ममा भएको भेदभाबलाई बैज्ञानिक तथ्यहरुमा परिस्कृत गर्दै लैजानु पर्ने खाँचों छ । यदि हामी चेतनशील नारीहरु नै भेदभाब र परम्परागत संस्कारहरुलाई धर्मको रुपमा ग्रहण गर्दै जान्छु भने हामी निक्कै कमज़ोर र पुरुषहरुको दासी बनिरहन्छौ - अझ धेरै शताब्दिसम्म । उठौ जागौ आजैबाट यस्ता भेदभाबयुक्त संस्कारको बिद्रोह गरौ र पुरुषसंग काँधमा काँध मिलाएर हिड्ने क्षमताको पहिचान र विकाश गरौं ।

यदि साच्चै रजस्वला भएको महिला बिटुलो हुने हो भने त्यहि महिलाको रजबाट बनेको शरीर धारण गर्ने तमाम पुरुषहरु  कसरी चोखो भएकाछन त ? यो पनि मनन गर्नुपर्छ । के रजस्वला हुदाँको रगत र गर्भ धारण गरिसकेपछि बन्ने भ्रुण त्यहि रगत होइन र ? समाजद्वारा हामी तमाम हिन्दु नारीलाई धर्मको बन्धनमा बिभिन्न पापको डर त्रास देखाएर कमज़ोर बनाइराखिएको छ ।

मानब सृष्टिको जननी हुन नारी, पुरुष सृष्टिका सृष्टिकर्ता हुन । धर्ती हुन नारी तर कसरी कुन अवस्थामा बिटुलो र पापीनी हुन्छिन नारी ? जबकी नारी बिबाहिता भएपछि पत्नि मात्र नभइ पुरुषको आधा अगँ भई उनका बँश चलाइदिन उनका सन्तानलाई जन्म दिन्छिन नारी । कतिपय पुरुषले सन्तान नभएको बहानामा वा अन्य कतिपय कारणले गर्दा बहुबिबाह गरेर दुइतिर घरबार बसाएका हुन्छन तर पनि उनीहरुलाई सहर्ष स्वीकार गरिन्छ अनि यही समाजमा उही पुरुष पत्नीको अझै पूज्य भगवान हुन्छ । के त्यस्ता पुरुषहरुले आफुले गरेको पापको प्रायश्चित्त गर्न कुनै नियम छ हाम्रो हिन्दु धर्ममा ?

हिन्दु धर्म ग्रन्थ अध्ययन गर्ने हो भने धेरै जसो पुरुष भगवानहरु बलात्कारी छन जस्ले अनेक छलगरि बलात्कार गरे नारीहरुको । नारीहरु भगवानदेखि बलात्कारको शिकार भइरहे र अझै धर्मको आडमा शारीरिक, मानसिक रुपमा बलात्कारको शिकार भैरहेका छन ।

तर बिना बैज्ञानिक आधार पनि परम्परादेखि यो कठोर व्रत बस्ने क्रम आजसम्म पनि क़ायम रहदै आएकोछ। आजभन्दा दुई, तीन दशक अगाढीसम्म आर्य, खस, ब्राह्मणक्षत्रीय जातिले मात्र मनाउदै आएको यो स्ंस्कृतिले अहिले अरु जनजातिहरुले  पनि मनाउन थालेकाछन अथवा  भनौ नक्कल गर्न थालेका छन। यस पर्वका कारण एकातिर आपसी सदभाब पनि देखिन्छ । यो अत्यन्त राम्रो कुरो हो । तर महिला र पुरुष वीच समानता  वा समतामूलक समाज भएका अरु जनजातिहरुमा यो तीजमा पतिलाई भगवान मानेर पुज्ने संस्कार शुरु भएकोले महिलाहरुलाई यस तीज पर्वले कमजोर तुल्याइरहेकोछ । 

तीजलाई वैज्ञानिक ढंगले व्याख्या  र विकशित गर्नु पर्ने खाँचो छ ।
*
यसरी मनाइयो ऋषिपञ्चमी
[ऋषिपञ्चमीका दिन नदीतलाउकुण्डपोखरीलगायतका स्थानमा स्नान गरेर पवित्र भई विधिपूर्वक सप्तऋषिको पूजा गरेमा पारिवारिक सुखशान्ति तथा समृद्धि कायम हुने जनविश्वास गरिएको छ।]

नागरिक

तस्बिर: दिपेश श्रेष्ठ, प्रतीक रायमाझी
काठमाडौं- हरेक वर्ष जस्तै भाद्रशुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमीका अवसरमा दर्शन तथा पूजा आराधना गरेर शनिबार देशभर ऋषिपञ्चमी मनाइयो।

प्राचीन समयदेखि नै भाद्रशुक्ल पञ्चमी तिथिमा सप्तर्षी कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको पूजा गरी पुण्य लाभ गर्ने चलन छ। महिलाले ३६५ दतिवन गरी त्यसको पातले अभिषेक गरेर माटोसहितले स्नान गरेपछि पवित्र बस्त्र पहिरेर अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन्।

वर्षदिन भर महिला समुदायले विशेषगरी रजस्वला हुँदा जान अन्जानमा गरेका कमजोरीलाई क्षय तथा (पाप मुक्त) गर्न सप्तऋषिको पूजा गर्छन्। त्यसो गरेमा अखण्ड सौभाग्य कायम हुने धार्मिक विश्वास रहेको छ।

ऋषिपञ्चमीका दिन नदी, तलाउ, कुण्ड, पोखरीलगायतका स्थानमा स्नान गरेर पवित्र भई विधिपूर्वक सप्तऋषिको पूजा गरेमा पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने जनविश्वास गरिएको छ। रासस


*


[यसैकारण उब्जनी नहुने उर्वरभूमिवृक्षबाट निस्कने खोटोपानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहिआएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले जानकारी दिए ।]

काठमाडौँ, भदौ १४भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् ।

आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंबदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुप-यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहिआएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले जानकारी दिए ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रीहरु बताउँछन् ।

रजभनेको फोहोर भएकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा उनीहरुको जोड छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि आज काठमाडौँ टेकुको ऋषेश्वर मन्दिरलगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भिड लाग्ने गर्छ

@ रातोपाटी