July 10, 2014

SEEKING IDENTITY SOMEWHERE FAR FROM THE BIRTHLAND

[Today, three different poems below by three different poets from their own perspectives, on 'identity' - a word much in currency nowadays, everywhere in the world. People are always 'identity-conscious' or seem concerned about their identities recognized or restored, if they are lost for some reasons. If we agreed with Reid Hoffman, identity becomes a person's -  "vector; it is a path defined by what you do and why you do it. By indicating your direction, it helps you define your available options. Like an old-fashioned newspaper reporter, your identity helps you sharpen your answers to the 6 Ws: Who, What, Where, When, Why, and hoW." He further writes identity is a "dirty word, which goes hand in hand with the word “politics”; a divisive tool used by politicians to win voters by appealing to religious or ethnic affiliations." Well, this is what we have seen everywhere in the world today. - The Blogger] 



- कवयत्री किरण  राना
 टेक्सस, संयुक्त राज्य अमेरिका


कु देशकी नगरिक हुँ ?
कुन देशकी सन्तान् ?
कुन देशकी बासिन्दा हुँ ?
कुन देशको पहिचान् |

उडनु मलाई धेरै माथि
कुन गगनमा उडुँ ?
पुग्नु मलाई धेरै टाढा
कुन भूमिमा दौडु ?

पहिचान मेरो के हो ? सोध्न मनलाग्छ
एकचोटी सबैलाई भन्न मन लाग्छ
यस्तै प्रश्नले झस्काईरहन्छ
फेरी पनि नेपालको मायाले बिउँझाईरहन्छ |

कुन देशकी पारखी हुँ ?
कुन देशमा पौरख देखाउनु ?
कुन देशकी कवि  हुँ म ?
कुन देशमा कविता कोर्नु ?

रच्नु मलाई नयाँ इतिहाँस्
कुन पानामा लेखुं ?
स्वप्न देख्ने  यी आँखाहरु
कहाँ लगी बिसाउँ    ?

पहिचान मेरो के हो  ? सोध्न मनलाग्छ
एकचोटी सबैलाई भन्न मन लाग्छ
यस्तै प्रश्नले झस्काईरहन्छ
फेरी पनि नेपालको मायाले बिउँझाईरहन्छ |

कुन देशकी ममता  हुँ ?
कुन देशको माटोमा खेल्नुछ ?
कुन देशकी कथा हुँ ?
कुन देशमा गई लेख्नुछ  ?

बन्न मनलाग्छ मलाई पनि बुद्ध जस्तै
तर कहाँ गई गरूँ ध्यान ?
फैलाउन मनलाग्छ मलाई बुद्धका शान्ति संदेश 
तर कहाँ गई फैलाउँ ?

पहिचान मेरो के हो ? सोध्न मनलाग्छ
एकचोटी सबैलाई भन्न मन लाग्छ
यस्तै प्रश्नले झस्काईरहन्छ
फेरी पनि नेपालको मायाले बिउँझाईरहन्छ |

*


- कवयत्री तारा पोखरेल
काठमाडौँ, नेपाल


यारी जीवनको परीक्षा यो हैन
भावना मित्रताको चिनारी मलाई थाहा छैन
खुल्ला गगनमा पंक्षी मै बनुला भन्दिन
एकताको कहानी खै कोर्न पाउदिन

मित्रताको नाता अति नै प्रिय अमृतपान
हेर्ने हजारौ नजर केवल बलि दिन जान्छ जीवनदान
वितृष्णा मानवरुपी नियन्त्रण पाए हुन्थ्यो कि
चैतन्य यो मनलाई त्याग्न  पाए जीवन बन्न सक्थ्यो कि ?

हजारौ तारामा प्रिय जून सबैलाई
कस्तो आश्चर्य प्रश्न पाइन्न छुन उसलाई
मन भित्र आत्मा उदाएर हेर्नु होला
सम्मानरुपी  ज्ञान दक्षिणा खेर नजाला

प्रकृति एक संसारको चिनारी
बिताउछु  बुझ्न जीवनको भकारी
सौन्दर्यरुपी  त्रिदेव त्रिपुरारी
बताउन गाह्रो हे मानव पुजारी

कस्तो कथा बन्दछ विचित्र
जीवनमा आए अनेकौ चिनारी
के चिन्न सक्नुहुन्छ नयनका पुजारी
भावनाले मन पोख्यो होला नबताए मानवको चिनारी



- कवि माखनलाल चतुर्वेदी

कैसी है पहिचान तुम्हारी
राह भूलने पर मिलते हो !

पथरा चलीं पुतलियाँ, मैंने
विविध धुनों में कितना गाया
दायें-बायें, ऊपर-नीचे
दूर-पास तुमको कब पाया

धन्य-कुसुम ! पाषाणों पर ही
तुम खिलते हो तो खिलते हो।
कैसी है पहिचान तुम्हारी
राह भूलने पर मिलते हो!!

किरणों प्रकट हुए, सूरज के
सौ रहस्य तुम खोल उठे से
किन्तु अँतड़ियों में गरीब की
कुम्हलाये स्वर बोल उठे से !

काँच-कलेजे में भी कस्र्णा-
के डोरे ही से खिलते हो।
कैसी है पहिचान तुम्हारी
राह भूलने पर मिलते हो।।

प्रणय और पुस्र्षार्थ तुम्हारा
मनमोहिनी धरा के बल हैं
दिवस-रात्रि, बीहड़-बस्ती सब
तेरी ही छाया के छल हैं।

प्राण, कौन से स्वप्न दिख गये
जो बलि के फूलों खिलते हो।
कैसी है पहिचान तुम्हारी
राह भूलने पर मिलते हो ।।