July 14, 2014

PRESIDENT YADAV'S 'VALUE', NIJGADH INT'L AIRPORT AND BJP WANTING 'HINDU RASHTRA NEPAL'

[A few tidbits from around the internet ! Does Nepal require another international airport at Nijgadh, a small township in the Central Nepal Terai? Ms. Sarita Giri, the current Nepal Sadbhavana Party President rejects the idea totally.  So do we also. There is no use having another international airport while the government can't afford to maintain Tribhuvan Int'l Airport at the heart of the capital city of Kathmandu. A  Korean Company - Landmark Worldwide Company (LMW), did detailed study and the project will start next year. Ms. Giri has posted aversion towards the project on her Facebook wall also (there will be yet another international airport at Bhairahawa, near the Buddha birthplace Lumbini, which India may not appreciate China doing the project). Upendra Mahato, an international Nepalese businessman is reported degrading the country's President Dr. Ram Baran Yadav that the latter is 'below average US Citizen's value'. No Nepalese would appreciate what he is reported to have said publicly.  And, a Shivasena leader says Bharatiya Janata Party wants a 'Hindu Rashtra' Nepal. Everybody knows that, who does not actually ?- The Blogger]




The proposed Nijgadh Int'l Airport in Central Nepal Terai
बाराकाे निजगढमा अंतराष्ट्रिय विमानस्थल बनाउने सरकारकाे याेजनाकाे पक्षमा छैन । पूर्वी मधेशमा रहेकाे वन जंगल र जमीनमाथि पुनः अतिक्रमण हुन्छ र पूर्वी मधेशकाे उक्त भागमा जनसंख्याकाे संरचना (Demography) र पयार्वरण (Environment) माथि त्यस्काे त्यस्तै दुष्प्रभाव पनि पर्छ जुन मधेशमा पूर्व पश्चिम राजमार्ग बनेकाे कारणले परेकाे छ। निजगढ क्षेत्रमा थारूहरूकाे बसाेबास रहेकाे छ र जमीनकाे अतिक्रमण पश्चात् उनीहरू चितवन, भरतपुर क्षेत्रबाट विस्थापित भए जस्तै विस्थापित हुनेछन । स्थानीय जमीन, जनता र पर्यावरणमाथि अाक्रमण नवपुंजीवाद र परम्परागत राज्यसत्ताबाट हुन्छ। नवपूंजीवाद भनेकाे केही पूंजीपति र राज्यका सीमित तत्वकालागि हुने फायदा र उनीहरूकाे पूंजी वृद्धि हाे, वृहतर जनताकाे हितकाे कीमतमा ।

काठमांडाैबाटमात्र बीस मिनटकाे हवाइ दुरीमा रहेकाे अवस्थामा बारामा अर्काे अंतराष्ट्रिय विमानस्थलकाे अाैचित्य पनि म देख्दिन । काठमांडाै र बारा पथलैया करिडर जाेडनकालागि हेटाैडासम्मकाे सुरूंग मार्ग, बनेपा बर्दिबास मार्ग र अहिले भएका मार्गहरू समेतलार्इ  हेर्ने हाे भने पनि अंतराष्ट्रिय विमानस्थलमा त्यति लगानीकाे अावश्यकता छैन । कृषि, पयार्वरण र खानेपानीकाे समस्याकाे समाधानकालागि अाज दशकाैं वितिसक्दा पनि सुनकाेशी डाइभर्सन बनाई सतहकाे पानी मधेशमा उपयाेगमा ल्याउनेप्रति सरकारकाे चासाे छैन, मधेशकालागि अति अावश्यक हुलाकी राजमार्ग सरकारकाे प्राथमिकतामा पर्न सकेकाे छैन । हुलाकी राजमार्ग पूरा नगरी पूर्व  पश्चिम रेलमार्गकाे सपना मधेशकाे जनतामा बाँडी जनतालार्इ भ्रमित गर्न खाेज्दैछ सरकार र राज्यसत्ता । अाम जनताकालागि जनजीविका र साधनश्राेतकाे विकास गरी उसकाे उत्पादकत्वकाे वृद्धि नगरी अनावश्यक विकासमा खचर्गरी जनतामाथि ऋणमात्र थुपार्ने परम्परागत नाैकरशाही र राजनीितक दलहरूकाे मनशाय अहिलेसम्म यथावत नै छ।

*

  
काठमाडौ असार २९ अन्तराष्ट्रिय व्यापारी उपेन्द्र महतोले नेपालको राष्ट्रपति रामवरण यादव भन्दा अमेरिकाका सर्वसाधारण व्यक्ति राम्रो भएको टिप्पणी गरेका छन् । अमेरिकाको नागरिक जतिको भ्यालूपनि नेपालका राष्ट्रपतिको नरहेको बताउँदै उनले यस्तो हुनुमा नेपाली स्वयं दोषी रहेको धारणा राखे ।

अमेरिकामा बसोवास गरेका मधेशीहरुले गठन गरेका एशोसिशन अफ नेपाल तराईन अमेरिका’ (एन्टा)ले शनिवार आयोजना गरेको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्दै महतोले नेपाल यति छोटो हुँदा हुँदै राम्रो सुन्दर देश हो तर यहाँका क्रियाकलाप र व्यवहारले गर्दा गरीब र दरिद्रभएको बताए । नेपालको क्रियाकलाप र राजनीतिक स्थिरताका कारण नेपाल दिन दिनै पछाडि पर्दै गएको छ,’ उनले भने, ‘नेपाली गर्नुपर्ने काम नगरीकन उल्टै उल्टै काम गरिरहेका छन् ।

नेपालीहरुको एउटा बानी साह्रै नराम्रो छ, त्यो हो उनीहरु सानोतिनो उपलब्धिमा नै रमाउन थाल्छन्,’ उनले भने, ‘त्यही कारणले नेपालको राष्ट्रपतिभन्दा अमेरिकाको सर्वसाधारण आनन्दीत छन् ।’ ‘नेपालीलाई रोजगारी चाहिन्छ त्यो पनि सरकारी, सरकारी नभए प्राइभेट भएपनि हुन्छ तर रोजगारी चाहिन्छ नै, तर अमेरिकालगायतको देशमा रोजगारी गर्नुभन्दा पनि उनीहरुले आफै व्यवसायी शुरु गरेका हुन्छन् आफ्नै कारोवार हुन्छन् तर नेपाली आफ्नो काम गर्न चाहदैन अरुको घरमा जागिर गर्न चाहन्छन्, ’ उनले भने, ‘नेपालमा उद्योग व्यवसायी किन फस्टाउँदैन, यहाँ विदेशीहरु लगानी गर्न किन मान्दैन किनभने यहाँका जनता शोखिन छन् मेहनत गर्न चाहदैनन्, १० टु फाइभ जागिर गर्ने अनि मस्तले बस्ने बानीले गर्दा नेपाल यति पछाडि परेको छ ।

सरकारले साबुन पानीले हात धोऊ भन्छन् तर साबुन दिँदैन, जसको घरमा साबुनै छैन भने के ले हात धुने ? नेपाली जनताको हातमा नगद छैन, नगद नभएर बुद्धि पनि नभएको बताउँदै महतोले जनताको हातमा नगद भयो भने आफै बुद्धि आउने भएकाले आर्थिक रुपमा सक्षम हुन नेपालीलाई आग्रह गरे । उनले आफू कहिले पनि मधेशी भएर कतै पनि नहेपिएको पनि बताए । आफ्नो क्षमता कस्तो छ, व्यवहार कस्तो छ, सोच कस्तो छ, उद्देश्य कस्तो छ, त्यसले फरक पर्छ हेप्ने नहेप्ने ’, उनले भने, ‘नेपालीमा शिक्षाको पनि कमि छ, नेपाली पढ्दैन तर कुरा बढी गर्छन् अरुलाई शिक्षा दिन दौडिन्छ तर आफू कति सक्षम् छु, त्यो कुरा कहिले विचार गरेको हुँदैन ।


(सम्पर्क प्रमुखशिव सेना नेपाल)

अशोक सिंह नेपाली भारतमा रहेको शिव सेना नेपालको सम्पर्क प्रमुख हुन्  अछाममा जन्मेका सिंह २० वर्षदेखि भारतमा रहेर शिव सेनासँग निकट रहेर काम गर्दै आएका छन्  उनको बाल ठाकरेसँग समेत घनिष्ट सम्बन्ध   भारतमा रहेका नेपालीहरुको सदैव सहयोग गर्न आफूहरु लागि रहेको उनी बताउँछन्  छाटो समयका लागि नेपाल आएका बेलामा सिंहसँग रातोपाटीले छोटो कुराकानी गरेको थियो  कुराकानीको सम्पादीत अंश प्रस्तुत गरिएको  

तपाई शिव सेना नेपालको महाराष्ट्रको सम्पर्क प्रमुख हुनुहुन्छएउटा नेपाली मान्छे शिव सेनामा किन ?

बिदेशमा रहेर पनि नेपालीको रक्षा गर्नुपर्छ भनेरै नै  शिव सेनामा लागेको हुँ  आज भारतमा पाँच लाख नेपालीहरु छन्  महाराष्ट्रमा शिव सेनाको नाताले भारतका बाल सिहं ठाकरेको संगतका कारण हाम्रा नेपालीहरुलाई कुनै पनि समस्या भएको छैन्   सो– पार्टीमा २० सालदेखि कार्यरत छु 

तपाई त्यसो भए भारतको शिव सेना पार्टीसँग पनि सम्बन्धित हुनुहुन्छ  ?

हो महाराष्ट्रको शिव सेनासँग पनि सम्बन्धित छु  नेपालमा पनि हामीले शिवसेना नेपाल पार्टी बनाएका छौं  त्यसको पनि अहिले व्यापक रुपले बिस्तार हुँदैछ 

शिव सेना नेपालले भारतमा नेपालीहरुको पक्षमा केके कार्यक्रमहरु गरिहेको  ?

शिव सेना नेपालले नेपालीहरुको पक्षमा धेरै कार्यक्रमहरु गर्दै आएको   हामीले नेपालीका पक्षमा गरेका कार्यक्रमहरु दैनिक जसो भारतमा प्रकाशित हुने नेपाली पत्रिकामा शिव सेना नेपालका समाचारहरु प्रकाशित हुँदै आएको   भारतमा पनि विभिन्न नेपालीहरुको आफ्ना पार्टीहरु छन्  कोही कांग्रेसकोही कम्युनिष्ट पार्टीसँग आबद्ध छन्  तरहामी उनीहरुलाई यो पार्टीत्यो पार्टी भनेर भेदभाव गर्दैनौ  बरु महाराष्ट्रमा अप्ठ्यारा परेका सबै नेपालीहरुलाई सहयोग गर्ने गर्छौं  बिरामी परेका नेपालीहरुलाई अस्पताल लानेअप्ठ्यारो परेका लाई सहयोग गर्नेदुर्घटना परेमा अड्डा अदालत धाउने जस्ता काम हामी गर्छौं  कुनै नेपालीलाई दुःख पर्दा यिनका पक्षमा बोल्न शिवसेना नेपाल अग्रसर रहेको   शिवसेना नेपालको महाराष्ट्रमा ठूलो सञ्जाल   त्यही सञ्जालका कारण नेपालीलाई महाराष्ट्र सुरक्षित  

तपाईहरुले पूर्व राजा ज्ञानेन्द्रलाई भारतमा बोलाएर उक्साइ रहेको भन्ने आरोप  नी ?

पूर्व राजा ज्ञानेन्द्रको विषय भनेको हाम्रो पाटो नै होइन्  राजालाई हामीले उक्साएका पनि छैनौंबरु नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेको मात्रै हो  यो शिव सेनाले मात्रै नभएर भारतका भारतीय जनता पार्टी लगायतका अरु राजनीतिक दलहरुको पनि भनाई हो 

त्यसो भए नेपालमा हिन्दु राष्ट्र बन्छ  ?

हिन्दु राष्ट्र बनाउने हामीले होइन् पशुपतिनाथले बनाउने हो  हिन्दु राष्ट्रका बनाउन लागि सबैले प्रयास गर्नुपर्छ 

भनेपछि नेपाल हिन्दु राज्य बन्छ ?

बन्नुपर्छ 

तपाईहरु बेलाबेलामा राप्रपानेपालका अध्यक्ष कमल थापालाई पनि महाराष्ट्रमा बोलाइराख्नु भएको   के का लागि हो ?

महाराष्ट्रमा कार्यक्रम हुदा शिव सेना नेपाल  नेपाली नागरिक समाजको अगुवाईमा गरेका हौं  नेपालबाट कमल थापालाई बोलाएर बिशाल कार्यक्रम गरेर देखाएका हौं यसमा दुईमतै छैन 

तपाईंहरुको सम्बन्ध भारतीय जनता पार्टीसँग  कि छैन् ?

महाराष्ट्रमा शिव सेना  भारतीय जनता पार्टीको गठबन्धन भएका कारण हाम्रो राम्रो सम्बन्ध  

अब नेपाल  भारतको सम्बन्ध कस्तो हुन्छ ?

पहिलाभन्दा एकदमै राम्रो सम्बन्ध हुन्छअब नेपालमा भारतीय प्रधानमन्त्री आउने कुरो   यसले गर्दा भारत  नेपालको सम्बन्ध झन् प्रगाढ हुन्छ 

नेपालमा गणतन्त्र आईसक्योतपाईं  हिन्दराष्ट्र चाहियो भनि राख्नुभएको  ?

नेपालमा गणतन्त्र नै आएको छैन   राजाको विषयमा बोल्दिनराजाको बिषय मेरो होइन्  तरनेपाल हिन्दु राष्ट्र हुनुपर्छ  हिन्दु राष्ट्र नेपालमा फर्कनुपर्छ त्यति नै हो  महाराष्ट्रमा बसेका सम्पूर्ण नेपालीको चाहना पनि त्यही नै हो 

के देशमा संबिधान बन्छ  ?

देशमा संबिधान बन्नै पर्छदेशलाई निकास दिन  नेपाली जनताको चाहाना पूरा गर्न 

नेपालमा शिवसेना नेपालको अवस्था कस्तो  ?

नेपालमा शिवसेना नेपालको अवस्था एकदमै राम्रो   विभिन्न कार्यक्रमहरु गर्दै आएका छांै  नेपालमा चर्चहरुको बिगबिगी  यसका बारेमा हामीले केही गर्ने सोचेका छौं  धर्मपरिवर्तन गर्नु हुँदैन्यसलाई शिव सेना नेपालले मात्र नभएर सम्पूर्ण नेपालीले रोक्नुपर्छ